वन्यजन्तुबाट क्षति भएका बासिन्दालाई राहत वितरण



कविन्द्र परियार : कोहलपुर,२० माघ/   बाँके राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुले पु¥याएको क्षतिको राहत शुक्रबार वितरण गरिएको छ ।

२२औं सिमसार दिवसको अवसर पारेर बाँके र दाङका १० वटा मध्यवर्ती क्षेत्रका २ सय ७६ घरधुरीलाई करिब १४ लाख २८ हजार २ सय ५० रुपैंया वितरण गरिएको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत लाल बहादुर भण्डारीले बताए ।

दिगो शहरी भविष्यका लागि सिमसार भन्ने मुल नाराका साथ बाँके राष्टिूय निकुञ्जमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी तथा बोल्दै बाँके क्षेत्र नं १ क की प्रदेश सभासद कृष्णा के.सी नमुनाले वन नजिक भएका बस्तीहरुलाई बन्यजन्तुबाट जोगाउन निकुञ्जले प्रभावकारी उपाय अवलम्वन गर्नुपर्ने बताइन् ।

साथै बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकिय क्षेत्र बनाउन सबै लाग्नुपर्ने र यसमा आफु हरपल खटिने बताइन् । कार्यक्रममा बोल्दै बाँके र बर्दिया जेड.एस.एलका प्रमुख पवन गौतमले सिमसार क्षेत्र पृथ्वीको मृगौला भएकोले सिमसार क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने बताए ।

त्यस्तै राप्तीसोनारी गाउँपालिका प्रमुख लाहुराम थारुले राप्तीसोनारी गाउँपालिकामा बन्यजन्तुबाट हुने क्षतिपुर्ति मात्र नभएर प्रदेश र स्थानीय सरकारले बन्यजन्तुबाट हुने क्षती रोक्न प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए ।

तारजाली गर्नका लागी गाँउपालिकाले २ करोड रुपैया विनियोजन गरिएको बताए । मध्यपश्चिम क्षेत्रिय वन निर्देशनालयका निम्ति वन निर्देशक विष्णु आर्चायले मानिस बाँच्नका लागि वन अति आवश्यक रहेको र मानिस वनको अनुन्याश्रित सम्बन्ध रहेकोले बन जगल र सिमसारको संरक्षण गर्नुुपर्ने बताए ।

त्यस्तै बाँके राष्ट्रियका प्रमुख संरक्षक अधिकृत डिल बहादुर पुर्जा पुनले क्षेत्रिय वन निर्देशनालयमा पठाइएको २ सय ७६ घरधुरीको आएको र थप २० लाख बजेट माग गरिएको बताउनु भयो ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री, कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका ठाकुर प्रसाद पौडेल जिल्ला वन कार्यालय बाँकेका प्रमुख पुष्पराज वर्तौला सशस्त्र प्रहरीबल, श्रीमेहर गणका प्रमुख बासुदेव धिमाल, सशस्त्र प्रहरीबल बागेश्वरी गणका तारिक चौधरी मध्यवर्ती व्यवस्थापन समितीका अध्यक्षहरु सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितकिा अध्यक्ष गेहेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २० गते शनिबार