बर्दियाको बाँसगढीमा सञ्चालित “दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला एवं बर्दिया माघि महोत्सव २०७४” सञ्चालन भइरहेको छ । बर्दियाको समग्र विकास र यहाँका कला संस्कृति, कृषि, पर्यटन लगायतको प्रवद्र्धनको लागि बाँसगढी उद्योग वाणिज्य सँघ बर्दियाको मुख्य आयोजना, बाँसगढी नगरपालिका कार्यालयको आयोजना र उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ को सहआयोजनामा यही माघ १२ गते देखि महोत्सव सञ्चालन भइरहेको छ । समग्र महोत्सव कस्तो भइरहेको छ भन्ने बिषयमा बाँसगढी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा महोत्सव प्रचार प्रसार उपसमिति संयोजक शंकर शर्मा सँग सम्वाददाता रावन बिश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादीत अंश :
१. महोत्सव कस्तो भइरहेको छ ?
महोत्सव हामीले लक्ष्य राखे अनुसार नै अगाडि बढिरहेको छ । महोत्सवमा हामीले प्रस्तुत गर्ने भनिएका विभिन्न साँगितीक कार्यक्रमहरु, साँस्कृतीक कार्यक्रमहरु तथा व्यापारीहरुको सहभागीता, आम उपभोक्ताहरु र दर्शकहरुको उल्यख्य सहभागीता देखिएको छ । समग्रमा भन्नु पर्दा महोत्सव हामी सफलतापुर्वक सम्पन्न गर्छौं भन्ने लक्षण देखिएको छ ।
२. महोत्सवमा मुख्य आकर्षकहरु के– के रहेका छन ?
मेलाको मुख्य आकर्षकहरु भनेको विशेष गरी विभिन्न औद्योगित प्रतिष्ठानहरु तथा उद्योगीहरुले उत्पादन गरेका बस्तुहरुलाई विभिन्न स्टलहरु मार्फत प्रर्दशन गर्ने र ती बस्तुहरु त्यहाँ आएका आम उपभोक्ताहरुले खरिद गर्न पाउने छन भने कति पय अवस्थामा केन्द्रीय तथा राष्ट्रिय स्तरका ठूला व्यापारीहरु सँग स्थानीय व्यापारीहरुको समन्वय गर्ने खालका गतिविधिहरु पनि भइरहेका छन । यसमा यो मेलाले विशेष भूमिका खेल्न सक्छ भन्ने हामीले आशा गर्न सक्छौं । विशेषत विभिन्न अटो माबाईल्स सम्बन्धी उत्पादनहरु, विभिन्न फेन्सी आइटमहरु, कृषि जन्य उत्पादनहरु र कृषि प्रविधि सम्बन्धी बस्तुहरु, थारु संस्कृति, थारु खानाका परिकार सहितको थारु गाँउ राखिएको र बर्दिया पर्यटकिय स्थलको रुपमा चिनाउन यहाँका विभिन्न सम्भावित पर्यटक स्थलहरुको प्रचार–प्रचार गर्नु र यहाँको समग्र कृषि, व्यापार पर्यटक र कला संस्कृितको प्रचार –प्रसार गर्नु नै मेलाको मुख्य उदेश्य रहेको छ ।
३. मेलाको कारणले स्थानीय व्यापार व्यवसायलाई कसरी प्रवद्र्धन गर्छ ?
मेलामा विभिन्न अटो माबाईल, फेन्सी, कृषि जन्य उत्पादन, कृषि उत्पादन सम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी संस्था लगायतका स्टहरु रहेका छन । त्यसमा यहाँका स्थानीय व्यापारीहरुले समन्वय गरेर आफ्नो त्यो खालको व्यापार व्यवसायलाई सञ्चालन गर्न सक्छन र गरिरहेका छन भने पनि त्यसलाई कसरी विकास गर्न सकिन्छ कसरी अझै समृद्ध रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कुराको पनि समन्वयकारी भूमिका खेल्न सक्छ ।
४. मेलामा स्थानीय सरकार तथा सरकारी निकायहरुका भूमिका कस्तो पाउनु भएको छ नि ?
स्थानीय सरकार तथा सरकारी निकायहरुको सहयोग राम्रो मान्नु पर्छ । किनकी कृषि सम्बन्धी स्टलहरुको लागि जिल्ला कृषि विकास कार्यालयमार्फत हामी सँग समन्वय भएकाले त्यसमा विशेष सहयोग रहिआएकोे छ भने हाम्रो यहाँको स्थानीय सरकार बाँसगढी नगरपालिका कार्यालय, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय लगायत धेरै सरकारी कार्यालयहरुले आफुले निर्वाह गर्नु पर्ने भूमिकाा निर्वाह गरिरहनु भएको छ । विशेषत सहयोग भन्दैमा आर्थिक मात्रै सहयोग गर्नु पर्छ भन्ने छैन । शान्ति सुरक्षा लगायत विभिन्न व्यवस्थापकीय रुपमा गरिने सहयोगलाई पनि ठूलो सहयोग मान्नु पर्छ ।
५. मेलामा अहिले सम्म मोटामोटी भन्ने हो भने कति सम्म व्यापार भयो हो ?
सबै व्यापारीको व्यापार अकिन रुपमा नआएको भए पनि सामान्यतया मेलामा ै छैठौं दिन सम्म करिब करिब ३०–३५ लाख सम्म मेला भित्रको आन्तरिक कारोबार भएको अनुमान लगाउन
सकिन्छ । सुरु –सुरुमा मौसम र प्रथम बाँसगढी मेयर कप भएकाले पनि केही असर पारेको थियो । तर हिजो दर्शकहरुको घुईचो थियो र आज पनि देख्न सक्छौं । यो हिसावले हाम्रो लक्ष्यमा हामी पुग्न सक्छांै होला भन्ने लाग्छ ।
६. मेलाको कारणले स्थानीय कला संस्कृतीको कसरी प्रवद्र्धन गर्न सकिन्छ ?
स्थानीय कला संस्कृितको विकास गर्छु भन्ने तर राष्ट्रिय कलाकारहरु ल्याएर पैसा जति उनीहरुलाई दिने भन्ने आरोप पनि लाग्छ । तर म यसलाई सकारात्मक रुपमा बुझ्न अनुरोध गर्दछु । किनभने राष्ट्रिय स्तरको कलाकारहरुको अगाडि आफनो प्रस्तुत राखिरहँदा र उनीहरुको प्रस्तुती देखिरहँदा आफुहरुलाई त्यो अनुसारले लैजान आफ्नो के क्षमता विकास गर्नु पर्छ भन्ने अनुभुति हुन्छ । र कतिमय राष्ट्रिय कलाकारहरुले यहाँका स्थानीय कलाकारहरुको प्रस्तुती देखेर राष्ट्रिय कलाकारहरुले उहाँहरुको प्रमोसनको लागि केन्द्रीय स्तरमा लिएर राष्ट्रिय स्तरमा स्थापीत गराउने काम अघिल्लो मेला भएकाले यस पटक पनि यस्तो हुन्छ भन्ने हामीले अपेक्षा गर्न सक्छांै । मेलामा मञ्च भनेको स्थानीय कलाकारहरुलाई नै बढी रहन्छ । मेला अविधि अझै बाँकी छ त्यस्ता स्थानीय स्तरमा लुगेर रहेका कलाकारहरु हुनु हुन्छ भने पनि हामी सँग सम्पर्क गर्न म अनुरोध गर्दछौं । हामी बढी भन्दा बढी स्थानीय कलाकारहरुलाई प्राथमिकता दिने छौं ।
७. अघिल्लो मेला र अहिलेको मेलामा के भिन्नता रहला जस्तो लाग्छ ?
अघिल्लो मेलामा धेरै जस्तो यहाँका स्थानीय व्यापारीहरु स्थानीय जनताहरुलाई मेला भनेको के हो महोत्सव भनेको के हो भन्ने कुराको राम्रो जानकारी समेत
थिएन । योे बेला हामी जानकारी बनाउन सफल भयांै । यस पटक पनि हामीले अघिल्लो पटक जस्तो धेरै मेहनत गर्न परेन, किनभने मेला महोत्सव भनेको केहो भन्ने सबैलाई जानकारी थियो । अघिल्लो मेलामा भन्दा यस पटकको मेलामा स्टलहरुको समन्वयमा सजिलो भयो र सहभागीताको हिसावले हेर्ने हो भने पहिलो मेला पनि अशाध्यैै राम्रो भएको थियो र यो मेला पनि त्यो भन्दा राम्रो हुन्छ भन्ने विश्वास सहित आशा गरेका छौं ।









प्रतिक्रिया दिनुहोस्