बाघ गणना बारे प्रगति समिक्षा



कोहलपुर,१८ माघ/  राष्ट्रिय बाघ गणना दिवसका अवसरमा गत पुस १ गते दखि बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा सुरु भएको बाघ गणनाको अवस्था बारे बुधबार कोहलपुरमा पत्रकारहरुलाई बाघ गणनाबारे अन्तिम प्रगति समिक्षाको जानकारी गराएइएको छ । बाघ गणनाको करिब आधा भन्दा बढी काम सकिएको र केही दिन भित्रमा बाघको तथ्याङ्क आउने कार्यक्रममा जानकारी गराएइको थियो ।

कार्यक्रम बोल्दै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डिल बहादुर पुर्जा पुनले बाघ गणनाको परिचय र अवस्थाबारे जनाकारी गराएका थिए ।
बाँके र बर्दियाका ४ वटा ब्लकमा भइरहेको बाघ गणनाको अवस्था बारे जानकारी जानकारी गराउदै पहिलो र दोस्रो ब्लकमा बाघ गणनाको काम सकिएको बताए । बाघ गणनाको सिलसिलमा केही क्यामराहरुमा क्षति पुगेको बताए ।

सो क्यामरा सामान्य प्रकृतिको हुने र मानिसलाई केही काम नलाग्ने हुँदा कोही कसैले पनि क्यामराका क्षति पु¥याउने प्रयास गरेमा उल्टै कारबाहीको भागिदार हुनुपर्ने भन्दैै सबै सर्तक हुनुपर्ने बताए । कार्यक्रमा प्राकृतिक स्रोत संरक्षण सहायक उमेश पौडेलले बाघ गणनाको प्राविधिक क्षेत्रको अवस्था बारे जानकारी गराएका थिए ।

दुई वटा ब्लकको बाघ गणना सकिएकोले आधिकारीक तथ्याङ्क यकिन नभए पनि बाघको संख्या आशा लाग्दो पाइएको बताए । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत अशोक भण्डारीले गत पुस १ गते देखि शुरु गरिएको बाघ गणनामा करिब ३ सय क्यामरा रहेको र आवश्यकता क्यामराहरु प्रयोग भइरहेको बताए ।

बाघ गणनामा एन .टि एन सी र जेड .एस. एस लगायतका संस्थाहरुको सहयोग रहेको जानकारी गराउदै संरक्षणमा सञ्चारकर्मीहरुको पनि साथको आवश्यकता रहेको बताए । बाघ गणनामा नेपाली सेनाका शिवदल गण र श्रीमेहर गणले समेत विशेष सहयोग पु¥याएको बताइएको थियो ।

कार्यक्रममा बोल्दै श्रीमेहेर गणका गणपति बासुदेव धिमालले नेपाली सेनाले ‘महाहन्ट अप्रेशन’ तथा नेपाली सेनाले गरेका कामहरु बारे जानकारी गराएका थिए । कार्यक्रमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृतहरु, जिल्ला वन कार्यालय बाँकेका जिल्ला वन अधिकृत पुष्पराज वर्तौला, नेपाली सेनाका शिवदल गण र श्रीमेहर गणका गणपति लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १८ गते बिहीबार