डकर्मी तालिम नेपालगञ्जमा शुरु



नेपालगञ्ज,१७ माघ/  भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी डकर्मी तालिम आजबाट नेपालगन्जमा सुरु भएको छ ।

कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा यूएसएआईडीको सहयोगमा संचालन गरिएको हो ।

भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम आज बाट २३ गते सम्म संचालन हुने भएको छ ।

कार्यक्रममा प्राविधिक सहयोग भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनएसईटी) र अर्थ क्वेएक सेफ्टी सोलुुसन्स (ईएसएस) ले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार