प्रदेश ७ को मुख्यमन्त्री को ? माओवादीबाट ५ जनाको दाबी



कैलाली माघ/  नेकपा एमाले र माओवादी केन्द्रको वामपन्थी कार्यदलले प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि प्रदेशमा मुख्यमन्त्रीको चर्चा सुरु भएको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री कसले पाउँछ भन्ने विषय अहिलेको चर्चाको विषय रहेको छ ।

प्रदेश नम्बर ७ मा माओवादी केन्द्रका नेता विरमान चौधरी र झपट बोहराको नाम सबैभन्दा बढी चर्चामा आएको छ । विरमान कैलालीबाट निर्वाचित हुनुभएको हो भने झपट बोहरा अछामबाट निर्वाचित हुनुभएको थियो । अछामबाट निर्वाचित भएका बोहरा कैलालीकै स्थायी बासिन्दा हुनुहुन्छ ।

चुनावका बेला बाम गठबन्धनले आफ्नो सरकार बने पहिलो मुख्यमन्त्री थारु समुदायलाई दिने प्रचार गरेकाले विरमान चौधरीको सम्भावना देखिन्छ । विरमान चौधरी नेकपा माओवादीको २०५२ साल देखिकै सदस्य हुन भने पार्टीको विभिन्न मोर्चामा रहेर काम गरिसक्नु भएको छ । बोहरा शान्ति प्रकृयापछि माओवादी प्रवेश गर्नुभएको हो । माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति सदस्य छन् भने चौधरी पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।अछामबाट प्रदेश सभामा विजयी अक्कल रावल, डोटीबाट विजयी त्रिलोचन भट्ट र दार्चुलाबाट मानबहादुर धामीलाई पनि सम्भावित मुख्यमन्त्रीको रुपमा हेरीएको छ ।

तिनै जना भने मुख्यमन्त्रीका लागी चर्चामा आएका नाम होईनन् । रावलले आफ्नो मुख्यमन्त्रीमा दावेदारी रहेको भन्दै धनगढीमै पत्रकार सम्मेलन गर्नुभएको थियो । दार्चुलाबाट विजयी मानबहादुर धामी पनि पार्टीको विभिन्न जिम्मेवारी सम्हालेका नेता हुन् । उहाँलाइ पनि सम्भावित मुख्यमन्त्रीका रुपमा हेरीएको छ ।
डोटीबाट त्रिलोचन भट्ट २०४७ साल देखि नेकपा एकता केन्द्र हुदै माओवादीमा लागेका नेता हुनुहुन्छ । भट्ट अहिले डोटी जिल्लाका इञ्चार्ज र पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । २०६४ र २०७० सालको संविधानसभा चुनावमा पराजित भएका भट्ट प्रदेशसभामा चुनावमा विजयी हुनुभएको थियो ।

माओवादीका प्रदेश ७ का इञ्चार्ज लेखराज भट्टले मुख्यमन्त्री को हुन्छ भन्ने निर्णय नभएको र पार्टीको स्थाई कमिटिले नै संसदीय दलको नेता छान्ने बताउनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १५ गते सोमबार