आगलागि हुँदा ११ घर जलेर नष्ट



हुम्ला,१४ माघ/  हुम्लाको कार्कीबाडा गाउँमा आगलागी एक दर्जन घर नष्ट भएको छ । जिल्लास्थित सर्केगाड गाउँपालिका–७ रोडिकोट कार्कीबाडा गाउँमा शनिबार मध्याह्नबाट आगलागि हुँदा ११ घर जलेर नष्ट भएका छन् ।

आगलागिबाट जयबहादुर बोहोरा, खडकबहादुर कार्की, तेजबहादुर कार्की, राजेन्द्र कार्की, दलबहादुर कार्की, लालबीर कार्की, नैनसिंह कार्की, मेघजंग कार्की, खडके कार्की, कालीबहादुर कार्की, परजीत कार्की र ल्वारे कार्कीको घरहरु जलेर धनसम्पति अनाज लत्ताकपाडा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घरबारीमा बच्चाहरु जम्मा भएर ताप्दै गरेको आगो बतास चलेर घाँसको खातमा सल्किएको र त्यहाँबाट गाउँ जलेको कार्कीबाडा गाउँकी कुसुमकली कार्कीले
बताइन् ।

सर्केगार्ड कार्कीबाडा गाउँमा आगलागिबाट ११ घर जलेको भएपनि आगलागिबाट मानविय क्षति नभएको खबर प्राप्त भएको र क्षतिको सम्पूर्ण विवरण नआएको प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी गराए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १४ गते आइतबार