रावन विश्वकर्मा : बाँसगढी,१४ माघ/ दोस्रो बाँसगढी महोत्सवमा गायक टंक तिमेल्सेनाले सनसनी मच्याएका छन् ।
दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघि महोत्सवमा बहुचर्चित गायक टंक तिमेल्सेनाले शनिबार बाँसगढीमा सनसनी सनसनी ‘यो मुटु खाइरहनी तेही भएर बाँसगढी आइरहने,’ कित वार कित पार भेटौँ शनिबार, छुच्ची मायाँलु, मेरी छोर्याटी, जस्ता आफ्ना दर्शनौ गित गाएर दर्शकहरुलाई चकित तुल्याए ।
मैना बोलको देउडा गितबाट शुरु गरेका टंकले एक पछि अर्को गित गाएर दर्शकहरुलाई धाम्न नसक्नु बनाए । उनले गीत गाइरहदा दर्शकहरुलाई सम्माल्न सुरक्षाकर्मीहरुलाई निकै हम्मेहम्मे पर्यो ।
बालक युवा देखि वृद्धवृद्धाको मन मुटुमा आफ्नो छुटै पहिचान बनाएका तिमेल्सेनाले गाउँदै आफुत नाचे नाचे र दर्शकहरुलाई पनि संगसँगै नचाए । त्यस्तै गायिका रेशमा केसीले पनि दर्शकहरुलाई उतिकै मनोरञ्जन दिइन् ।
उनले आफ्ना गितहरु, सम्हालनै गारो भयो मेरो जवानी, डोली लिएर आउ, एक दिनको चोखो मायाँ जस्ता गितहरुबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिइएकी थिइन् ।
तेतिमात्रै नभएर स्थानीय रुपमा ख्याती प्राप्त कलाकारहरुले समेत आफना बेजोड प्रस्तुतीबाट मनोरञ्जन दिएका थिए । ‘उद्योग व्यापार कृषि पर्यटन र कला संस्कृतीको पहिचान, ग्रामीण प्रविधि, वैज्ञानिक प्रविधिहरुको वृहत प्रदर्शनीको अभियान’ भन्ने मुल नारा सहित बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजना, बाँसगढी नगरपालिकोको आयोजना र उद्योग वाणिज्य महासँघ प्रदेश नम्बर ५ को सहआयोजनामा सञ्चालन भएको महोत्सव २२ गते सम्म चल्ने
छ ।
महोत्सवमा आइतबार लोकदोहोरी गायिका टिका पुन, पप गायक कमल खत्री र मोडल आरुसी असलामी मगर लगायत राष्ट्रिय तथा स्थानीय कलाहरुले
भरपुर मनोरञ्जन दिने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्