नेपालगन्ज,१३ माघ/ आज नेपालगन्जमा आयोजित ‘वृहद् रक्तदान कार्यक्रम’ मा ८ जना महिला सहित ६० जनाले रक्तदान गरेका छन् ।
स्थानीय जनमत अद्र्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड नेपालगन्ज शाखा तथा उक्त बैंकको कर्मचारी संगठनसंगको सहकार्यममा ‘वृहद् रक्तदान कार्यक्रम’ को आयोजना गरिएको हो ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ३६ औं श्रृङ्खलामा हिमालयन बैंक लिमिटेडको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।
हिमालयन बैंक लिमिटेड र बैंकको कर्मचारी संगठनसंगको सहकार्यमा आयोजित ‘वृहद् रक्तदान कार्यक्रम’ मा नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका सहनिर्देशक पूर्ण बहादुर महर्जन, बैंक कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष सुनिल शर्मा सापकोटाले चार जना स्वयम्सेवी रक्तदातालाई रगत संकलन गरिने पाकेट हस्तारण गरी प्रारम्भ गरिएको हो ।
सो अवसरमा जनमतका सम्पादक पूर्ण लाल चुकेले स्वागत गर्दै ११ वर्ष अघिदेखि निरन्तर रुपमा त्रैमासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनु भयो ।
उक्त रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गर्नु भएको हो ।









प्रतिक्रिया दिनुहोस्