नेराशिसंको १२औँ जिल्ला अधिवेशन नेपालगञ्जमा शुरु



नेपालगञ्ज,१३ माघ/   समुन्नत राष्ट्रका लागी, शौक्षिक विकासमा हाम्रो प्रतिबद्धता राजनैतिक अधिकार सहितको ट्रेड यूनियन अधिकारको संबैधानिक शुनिनिश्चतता भन्ने मुल नाराका साथ आज बाँकेमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला बाँकेको १२ औँ जिल्ला अधिवेशन सुरु भएको छ ।

राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती बाँकेको आज १२औँ जिल्ला अधिवेशन नेपालगञ्जमा सुरु भएको हो ।

आजको जिल्ला अधिवेशनबाट बाँके जिल्ला मात्र नभई देश भरिका शिक्षकहरुको समस्या र अब बन्ने संघिय प्रदेशका लागी शिक्षकहरुका हकहितहरुलाई कसरी राष्ट्रले सम्मान गर्दछ भन्ने कुराको आवाज उठाउने पनि बाँकेका अध्यक्ष एकदेब पन्थिले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष बाबुराम थापा र बिशिष्ट अतिथीहरुमा बाँके जिल्ला बाट नबनिर्बाचित प्रतिनिधी सभा सदस्य बाँके क्षेत्र नं.३ का नन्दलाल रोकाय, प्रदेश सभा सदस्य बाबुराम गौतम, लगाएत बाँकेका नबनिर्बाचित जनप्रतिनिधी र पुर्ब सांसद बाँके क्षेत्र नं. १ का देबराज भार, बाँके क्षेत्र नं. ३ दल बहादुर सुनार लगाएको उपस्थिती रहेको थियो ।
,,,,,,,,,,

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार