नेपालगञ्जमा महिला प्रधानमन्त्री कप हुने



मिसन सामाचारदाता कोहलपुर, १३ माघ/ बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन ३ गते देखि नेपालगञ्जमा महिला प्रधानमन्त्री कप भलिभल प्रतियोगिता हुने भएको छ । शुक्रबार बाँके जिल्ला भलिबलसंघले नेपालगञ्जमा पत्रकार सम्मेलन गरी फागुन ३ गते देखि ७ गते सम्म प्रधानमन्त्री कप हुने बताएको हो । नेपालगञ्जमा हुन गैरहेको प्रधानमनत्री कपको पाँचौ संस्करण रहेको आयोजकले जनाएको छ ।
जिल्ला भलिबल संघ बाँकेले चौँथो संस्करणको पुरस्कार राशी भन्दा यस वर्ष हुने प्रधानमन्त्रीकपमा दोब्बर राशि पु¥याएको बताएको छ । राज्यले आफ्नो हरेक निकायमा महिला सहभागिता सुनिश्चितता गरिरहेको परिवेशमा पाँच वर्ष अघि महिला भलिबल मार्फत महिला शसक्तिकरणका लागि प्रधानमन्त्री कपले महत्वपुर्ण सन्देश प्रवाह गरिरहेको बाँके भलिबल संघका अध्यक्ष टि.एस ठकुरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
चौथो संस्करणसम्म नेपाल र भारत टिमले मात्र खेल्दै आएकोमा यस वर्षदेखि बंगलादेशको टिम पनि थपिएको बाँके भलिबल संघका अध्यक्ष ठकुरीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार