बर्दियाको बाँसगढीमा यही माघ ११ गते देखि बाँसगढी नगर स्तरीय प्रथम मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगीता २०७४ सञ्चालन हुँदै छ । बाँसगढी नगरपालिकाको आयोजना र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरको सहआयोजना र आतिथ्यतामा माघ ११ गते देखि १५ गते सम्म सञ्चालन हुने प्रथम मेयर कप रनिङ सिल्ड खेलकुद प्रतियोगीताको तयारीको सहआयोजक नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरका प्रधानध्यापक तथा खेल संयोजक अर्जुन प्रसाद तिवारीसँग गरिएको अन्तर्वार्ता ः
१.पहिलो पटक बाँसगढीमा मेयर कप रनिङ सिल्ड खेलकुद प्रतियोगीताको सोच कसरी आयो ?
खेलकुदको क्षेत्रमा रनिङ शिल्ड भने पछि एउटा महाउत्सवको रुपमा रहने गर्छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड हुने गथ्र्यो यो वर्ष त्यो हुने कि नहुने भन्ने कुरा अझै दुविधामा रहेको छ । जव राज्य संीघयतामा गईसके पछि स्थानीय तहको निर्माण भयो । स्थानीय तह निर्माण भई सके पछि जिल्लामा रहेका र केन्द्रमा भएका धेरै अधिकारहरु स्थानीय तहमा आईसकेको हुँदा यो खेलकुदको क्षेत्रलाई पनी स्थानीय तह स्तरको एउटा नगर स्तरीय खेलकुदको आयोजना गरौँ भन्ने किसिमका विषयमा छलफल भयो । विशेष गरी नगर भित्रका विद्यालयका प्रअहरुको बैठकबाट यस्तो प्रकारको सोचाईको जन्म भयो र बाँसगढी नगरपालिले यसमा सहकार्य गर्ने र तेसरी अगाढी जाने भन्ने विषयमा छलफल भए पञ्चात बाँसगढी नगरपालिका नगर प्रमुख सालिकराम अधिकारी ज्युले ठिक छ, तपाईहरुले यसरी खेल सञ्चालन गर्ने हो
भने प्रपोजल पेश गर्नुहोस र यसलाई मुर्त रुप दिउला भन्ने कुरा भए पछि नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले लक्ष्मणपुरले एकलो प्रस्ताव प्रपोजल त्यहाँ प्रस्तुत गरियो र यो विद्यालयले आथित्यता र सहआयोजनाको मौका पायो ।
२. यसको तयारी कस्तो छ ?
तयारी पुरा भईसकेको छ । बिद्यालयका सम्पुर्ण कर्मचारीहरु एकदमै सक्रियताका साथ परिचालित हुनुहुन्छ । विद्यालय भित्रबाट हामीले ११ वटा समितिहरु निर्माण गरेका छांै । हरेक क्षेत्रमा आवश्यक पर्ने समितिहरु निर्माण गरेका छौं । त्यति मात्रै नभएर विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरुको भेला समेत बोलाएर सरोकारवालाहरु सँग बैठक बसेर त्यहाँ पनि समिति गठन गरेर, सामुदायिक वनहरु सँग पनि सहकार्य गरेर, यहाँका अभिभावक वुद्धिजिवीहरु सँगको फेरि अर्को भेलाले प्रतियोगीतालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने भनेर चाही हामीले निर्णय पनि गरेका छौँ । त्यो ढंगबाट अहिले सम्पुर्ण शिक्षक, विद्यार्थी, गाँउ वरिपरिका युवा क्लव, महिला आमा समुहहरु, सामुदायिक वन र सम्पुर्ण लक्ष्मणपुर गाँउले सक्रिय रुपमा यसलाई सम्पन्न गर्नमा अगाडि बढिराखेको छ ।
३. यसको सहभागीताको अवस्था कस्तो रहन्छ नि ?
सबै बिद्यालयहरु दर्ता भइसकेका छन । १३ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालय गरी बाँसगढी नगरपालिका भित्र रहेका १७ वटा माध्यमिक तहका विद्यालयहरुले दर्ता गर्ने मितिमा दर्ता भइसकेको थियो । त्यसपछि सबैको उत्साह रहेको छ । विद्यार्थीहरु पनि एकदमै उत्साहित भएका छन । गत वर्षहरुमा हुने राष्ट्रपति रनिङ शिल्ड र यस पटक हुने नगर कप मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगीतामा यसमा फरक के पाइयो भने त्यहा विद्यालयको मात्रै चासो थियो भने यहाँ समग्र विद्यालय शिक्षक, विद्यार्थी र अभिभावकहरुको प्रत्यक्ष चासो रहेको छ किन भने नगर भित्रका विद्यार्थीका अभिभावकहरु प्रत्यक्ष रुपमा खेलकुद हेर्न आउने र खेल हेर्न सक्ने वातावरण बनेका छ ।
४.प्रतियोगीतामा कुन –कुन खेल समेटिन्छन नि ?
यसमा विशेषत गत वर्ष राष्ट पति रनिङ शिल्डमा समेटिएका सम्पुर्ण खेलहरु समेटिएको छ । भलिबल छात्र छात्रा, कबर्दी छात्र–छात्रा, एकलेटिक्स अन्तरगत रिले दौड, सट फुट, जाबलिङ थ्रो हाईजम्प लम्जंग, मार्सलआर्सका खेलहरु कराँते र तेकाँन्दो खेलको व्यस्था गरेका छौ । यसमा पुरुस्कारको लागि ट्रफि, मेडल, शिल्डको व्यस्था गरेका छौ । मेडलहरुमा गोल्ड मेडल, सिल्भर मेडल र ब्राउन्ज मेडल गरी तिन प्रकारका मेडलको व्यवस्था गरेका छांैं त्यति मात्रै नभएर सहभागी सम्पुर्ण विद्यार्थीहरुको लागि प्रमाण पत्र, सहयोग गर्ने सहयोगी दाताहरुलाई कदर पत्रको समेतको व्यवस्था गरेका छौ ।
५. मेयर कप रनिङ सिल्डको नितिगत निर्णयहरु कस्ता रहेको छ नि ?
सबै भन्दा पहिला नगर स्तरीय अतिरिक्त क्रियाकला समिति भन्ने रहेको छ । जसमा नगर शिक्षा प्रमुख निलकण्ठ रेग्मीको अध्यक्षतामा ५ सदस्यी समिति रहेको छ । उक्त समितिलाई नगरपालिपाले म्यान्डेड दिएको छ । र त्यो समितिले प्रअहरुको बैठबाट यसलाई अनुमोदन गरेर कुन विद्यालयबाट सञ्चालन गर्ने भन्ने विषयमा त्यो समितिले निर्णय गरेको छ र उपसमितिको संयोजकको रुपमा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको प्रधानध्यापकलाई निर्धारण गर्यो र सम्पुर्ण विद्यालयका प्रअहरुलाई उपसमितिको सदस्यको रुपमा राखेर नितिगत रुपमा हामी अगाडि बढेका छौ । तेतिमात्रै नभएर नगरपालिकाले आर्थिक सहयोग गरेको छ र हामीले आर्थिक सहयोगको लागि नितिगत रुपमा पहल गरयौँ र त्यो पनि प्राप्त गर्ने क्रममै छौ ।
६. प्रतियोगिता सञ्चालनको लागी कसरी समन्वय गरिरहनु भएको छ ?
बिशेषत केही प्रयोजक र केही सहप्रयोजक हुनुहुन्छ । जसमा गोल्डेन फ्युटर बोडिङ स्कुल बेलवा, बाँसगढी एकेडेमी पब्लिक स्कुल बाँसगढी प्रयोजकको रुपमा रहेका छन भने सह प्रयोजकको रुपमा ब्राईड फ्युटर बोडिङ स्कुल, ज्ञानजोति विद्या सदन, बागमती प्लाष्टिक उद्योग, सुभकामना फर्म, तिमेल्सेना गलास हाउस रहेका छन । भने टिम दर्तामा ३ हजार लिएका छौ । यसरी बाँसगढी, प्रयोजक
सह–प्रयोजक र टिम दर्ताबाट आएको रकमले खेलकुद सञ्चालन गर्ने छौ ।
७. खेलकुद प्रतियोगीताले शिक्षा क्षेत्रमा कस्तो प्रभाव पार्न सक्छ ?
यसले शिक्षाको क्षेत्रमा नौलो अनुभुति दिने कुरामा मलाई विश्वास लागिरहेको छ । यो विद्यार्थीहरु र विद्यालयको मात्रै रुचि नभएकाले यहाँ समुदायको पनि रुचि जोडिएको छ । यहाँ स्थानीय सरकारको रुचि जोडिएको छ । अभिभावकहरु अत्यन्तै उत्साहित हुनुहुन्छ केही नभए पनि एक घण्टा साईकल चढेर पैदल हिडेर पनि हामी खेल हेर्न आउछांै । हाम्रा बच्चाहरुको खेल आफ्नौ स्थानीय स्तरमा हर्न पाईने भयो भन्ने कुरा अभिभावक र समाजसेवी वुद्धिजिवीबाट आएकाले अलि फरक प्रकारको रहने छ । र यसले समग्र शिक्षाको क्षेत्रमा विशेष गरी खेलकुदको क्षेत्रमा एउटा कोसे ढुंवा र एैतिहासिक खेलकुद रहने छ र हुने छ भन्ने मलाई विश्वास लागेको छ ।









प्रतिक्रिया दिनुहोस्