नेपालगञ्ज,११ माघ/ नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा आज बाट नेपालगञ्जे प्रादेशिक महोत्सव–२०७४ शुरु हुँदै छ ।
पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पूर्व प्रधानमन्त्री प्रचण्डसँगै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा पनि महोत्सवको उद्घाटन समारोहमा सहभागी हुने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । उनले उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवर्षा गर्ने तयारी गरिएको बताए ।
संघिय संरचना कायम भएपछि नेपालगञ्जमा पहिलो पटक प्रादेशिक महोत्सव आयोजना गरेको बताउँदै संयोजक बैश्यले महोत्सवबाट संकलीत रकम बहुउद्धेश्यीय सभागृह निर्माणमा खर्च गरिने बताए ।
महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताउँदै नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव तथा सचिवालय ब्यवस्थापन समितिका संयोजक अजय कुमार टण्डनले महोत्सवबाट १ करोड बढी रकम बचत गर्ने लक्ष्य लिइएको बताए ।
५ लाख बढिले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने बताउँदै टण्डनले राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनको प्रवद्र्धनमा महोत्सवको भूमिका महत्वपूर्ण रहने
बताए । महोत्सवलाई व्यवस्थित रुपमा संचालन गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा जडान गरीएको महासचिव टण्डनले जानकारी
दिए ।









प्रतिक्रिया दिनुहोस्