दाङमा डुबेर एकैघरका दुईजनाको मृत्यु



दाङ, १० माघ/  पौडी खेल्नेक्रममा बुधबार अपराह्न तुलसीपुर उपमहानगरपालिका–५ नयाँबसपार्क नजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुईजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सल्यान, शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १० गते बुधबार