नेपालगञ्ज,८ माघ/ कथाकार सुमित्रा न्यौपानेको कथा संग्रह ‘आँखा र आँखाहरु’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
मध्य पश्चिम स्रष्टा समाज नेपालगञ्जको आयोजनामा सम्पन्न पुस्तक चर्चा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव कथाकार सनत रेग्मीले सुमित्राका कथाहरु मन छुने भएको बताउनु भएको छ ।
यस क्षेत्रमै नारी स्रष्टाको पहिलो कृतिको रुपमा प्रकाशित कथा संग्रह भएको बताउँदै नेपाली साहित्यको कथा विधामा अब्बल नारी स्रष्टाको रुपमा समेत आपूmले लिएको बताउनुभयो । उत्कृष्ठ कथा लेखनका लागि अभैm अध्ययनशिल हुनुपर्ने बताउँदै पछिल्लो कथा लेखनको धारलाई समात्नुपर्ने कुरामा जोड दिनुभयो ।
पाठकिय दृष्टिकोणबाट समालोचना गर्नुभएका पत्रकार शुक्रऋषि चौलागाईले कथाको विषयवस्तु मौलिक, सरल, सहज र मिठासपूर्ण भएको बताउँदै आँखा र आँखाहरु भित्रका कथाहरु कल्पनाभन्दा अनुभूतिमा आधारित भएको बताउनुभयो । आपूm बसेको धरातलमा उभिएर शशक्त र यहाँको मौलिकता समेत झल्किने खालका कथा लेखनमा जोड दिनुपर्ने कुरा बताउनुभयो ।
त्यस्तै अर्का समालोचक पुष्प रिजाल पुष्पले आँखा र आँखाहरु भित्रका कथाहरु पारिवारिक, सामाजिक र सार्वभौम भएको बताउँदै सुमित्राका कथाहरुमा प्रेम र धनको बिचमा प्रेमको जित भएको, व्यवहार गर्नुपर्छ, दुव्र्यव्यवहार गर्नुहुँदैन भन्ने सन्देस बोकेको , मौलिक संस्कारलाई छोडेर परिवर्तित संस्कार अपनाउन खोज्दा दुख प्राप्त भएको कुराहरु कथाले बोकेको बताउनुभयो ।
बिसंगतिवादबाट विश्लेषण गर्नुभएका समालोचक लेखप्रसाद प्याकुरेलले पात्र, कथा विषयवस्तु र भाषाशैलीको तहमा विसंगतिबाद रहेको औल्याउनुभयो ।
विषयगत विविधता, सन्देशमूलक, प्रेरणात्मक, आंशिकरुपमा आंचलिकता, सान्दर्भिकता हेर्दा भोलिको दिनमा कथाकार सँगसँगै राम्रो उपन्यासकार हुने संभावना रहेको कुरा बताउनुभयो । विषयवस्तुका पात्रहरु छनौटमा नाम पात्रको चरित्र सुहाँउदो भएमा कथा अभैm राम्रो र शशक्त हुने कुरा बताउनुभयो ।
इन्द्रराज पौडेल, किरण आचार्य, खगेन्द्रगिरि कोपिला, महानन्द ढकाल, रामचन्द्र आचार्य, मिना ढकाल लगायतले शुभकामना मन्तब्य दिनुभएको कार्यक्रममा रसिकराज, बिक्रम शिशिर, नमिता बराल, अनुपमा करारा लगायतले रचना बाचन समेत गरेका थिए ।
मध्य पश्चिम समाजका अध्यक्ष सृजन लम्सालले आगामि दिन यस्ता उत्कृष्ट कृतिहरुको समिक्षात्मक कार्यक्रम जोड्दै जाने कुरा बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्