डिजिटल हाजिरले कालीकोटका शिक्षकहरु नियमित विद्यालय आउन थाले



 कालीकोट,८ माघ/ कालीकोटका केही विद्यालयहरुले डिजिटल हाजिरी प्रविधि सुरु भएपछि शिक्षकहरु नियमित उपस्थित हुन थालेका छन् ।

शान्नि त्रिबेणी गाउँपालिकाले ११ वटा विद्यालयमा डिजिटल हाजिर प्रबिधि जडान गरेपछि शिक्षक, विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थित हुन थालेका हुन् ।

गाउँपालिकाले डिजिटल हाजिरी प्रबिधिका आधारमा तलभभत्ता निकासा गर्ने निर्णय गरी प्रबिधि जडान गरेपछि बिद्यालय शिक्षामा सुधार आएको मेहलमुडी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए ।शिक्षामा देखिएको अनियमितता सुधार गर्न र खेताला शिक्षकहरुलाई विस्थापित गर्न अभिभाकको सुझाव अनुसार गाउँपालिकाको पहिलो गाउँसभाले डिजिटल हाजिर सुरु गर्ने निर्णय गरेको थियो ।

गाउँपालिका भित्रका सबै बिद्यालयमा जडान गरिएको डिजिटल प्रबिधिले शिक्षकहरुलाई नियमित गराएको र त्यसले विद्यार्थीको सिकाइमा नियमितता ल्याएर शैक्षिक गुणस्तरमा समेत बृद्धि ल्याएको अध्यक्ष शाहीले बताए ।

यस अघि घाम तापेर बस्ने शिक्षकहरुले समेत नियमित पढाउन थालेको र लापरवाही हटेको शान्नि त्रिबेणी गाउँपालिका-६ का वडा अध्यक्ष एवंम गाउँपालिकाका प्रबक्ता हिमाल धामीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ८ गते सोमबार