समाज सेवा संस्थाको एकाई समिति गठन



कोहलपुर,८ माघ/   कोहलपुर नगरपालिका–१४ हवलदारपुरमा रहेको समाज सेवा संस्था नेपालले कोहलपुर नगरपालिका–८ पिपरीमा आफ्नो एकाई समिति गठन गरेको छ ।

अस्मिता पुनको अध्यक्षतामा गठन भएको सो समिति ९ सदस्यीय रहेको समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले बताएका छन् ।

समितिको उपाध्यक्षमा डिम्पल पुन मगर, सचिवमा नारायाण विसी, सह–सचिवमा भिमप्रसाद पौडेल, कोषाध्यक्षमा धनी खनाल रहेका छन् । त्यस्तै सदस्यहरुमा वसन्त विसी, अनिस खाँन, उपदेश पौडेल र हर्कबहादुर राना रहेका
छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ८ गते सोमबार