रावन विश्वकर्मा : बाँसगढी,८ माघ/ बर्दियाको बाँसगढीमा यही माघ १२ गते देखि २२ गते सम्म सञ्चालन हुने महोत्सवको लागि धमाधम स्टल बुकिङ भइरहेको छ ।
महोत्सवमा स्थानीय व्यापारीहरुलाई बढी भन्दा बढी प्राथमिकतामा राखि स्थानीय व्यापारीहरुलाई भारी छुटका साथ स्टल बुकिङ भइरहेको मेला सचिवालय व्यवस्थापन संयोजक बिष्णु प्रसाद पौडेलले बताएका छन् ।
स्थानीय रुपमा रहेका उद्योग व्यापार र कला संस्कृतिको जगेर्ना र प्रचारप्रसारको लागि मेलाको आयोजना गरिएकाले पनि स्थानीय रुपमा राखिएका स्टलहरुलाई विशेष छुट दिइरहेको आयोजक संस्थाका अध्यक्ष तथा मेला मुल समिति संयोजक कटक बि.सिले बताए । उनका अनुसार स्थानीय स्तरका नागरिकहरुको स्टलमा १५ प्रतिशत छुटमा स्टल बुकिङ गरिने बताए ।
महोत्सवमा बहुराष्ट्रिय कम्पनी मदिरा र सुर्तिजन्य उद्योग एम प्रतिष्ठानको लागि ३० हजार, चारपांङग्रे वा सो भन्दा बढी अटो मोबाईल्सको लागि २५ हजार, दुई पांङग्रे अटो मोबोइल्सको लागि २० हजार, ठुला तथा मझौला राष्ट्रिय उद्योग प्रतिष्ठान, बैँक ईन्स्योरेन्स कम्पनी तथा वितिय संघसंस्थाको लागि १५ हजार, होटल रेष्टुरेन्ट एंम फाष्टफुट र चिया कफी र सेवा एंम शिक्षणमुलक संघसंस्थाको लागि १० हजार, महिला उद्यम तथा हस्तकला, साना तथा घरेलु उद्योग, पर्यटन सम्बन्धी सुचना एंम सेवा, कृषि जडीबुटी एंम फलफुलको लागि ८ हजार, मेला मैदानमा एकलौटीको लागि बदाम, मिठाई, चटपटे र आईसक्रियम १ लाख ५० हजार, ड्रिङकिङ्ग वाटर एकलौटी मेला परिसर भित्र ७० हजार, र थारु होमस्टेको लागि ३ लाख स्टल बुकिङ दर रेट निर्धारण गरिएको छ ।
“उद्योग व्यापार कृषि पर्यटन र कला संस्कतिको पहिचान, ग्रामिण प्रविधि, वैज्ञानिक प्रविधिहरुको वृहत प्रदर्शनीको अभियान” भन्ने मुल नारा सहित बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजना, बाँसगढी नगरपालिकाको आयोजना र उद्योग वाणिज्य महासँघ प्रदेश नम्बर ५ को सह आयोजनामा दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघि महोत्सव २०७४ सञ्चालन हुदै छ ।









प्रतिक्रिया दिनुहोस्