राष्ट्रियसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धसँग तालमेल गर्ने कांग्रेसको तयारी



काठमाण्डौँ, ५ माघ/   अन्य निर्वाचनमा जस्तै नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेर जाने तयारी गरेको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका दलसँग सहकार्य गरेर राष्ट्रिय सभाको निर्वाचनमा जाने तयारी कांग्रेसले गरेको हो ।

यस विषयमा केन्द्रिय कार्यसमितिको बैठकबाट निर्णय भएको कांग्रेस नेता वालकृष्ण खाँडले जानकारी दिनुभयो । लोकतान्त्रिक दलसँग सहकार्य गर्नका लागि कार्यदल बनाउने तयारी कांग्रेसले गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लगायतका दलहरुसँग चुनावी तालमेल गरेको थियो ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अवसर नपाएका जुझारु र प्रखर नेताहरुलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने विषयमा कांग्रेस केन्द्रिय कार्यसमितिमा छलफल भएको छ ।

बैठकमा केन्द्रिय सदस्यले निर्वाचनको गम्भिर समीक्षा गरी पार्टीलाई सुदृढ बनाउन दबाब दिएका छन् । त्यसका लागि तत्काल केन्द्रिय समिति र महासमिति बैठक बोलाउन पनि पार्टी नेतृत्वसँग माग गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रबार