काठमाण्डौँ, ५ माघ/ राष्ट्रियसभा सदस्य निर्वाचन लागि अनुकल वातावरण बनाइदिन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ ।
आज विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगले निर्वाचन अनुकुल वातावण बनाईदिन सरकार, राजनितिक दल, प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचति सांसद्सँग आग्रह गरेको हो ।
सरकारले तोकेको अस्थायी मुकामलाई लिएर भईरहेको आन्दोलनप्रति आयोगले चिन्ता गर्दै निर्वाचन अनुकुल वातावरणको माग गरेको हो ।
लगातार रुपमा भइरहेको आन्दोलनले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रभाव पार्न सक्ने भन्दै आयोगले चिन्ता व्यक्त गरेको हो ।
राष्ट्रियसभा निर्वाचन माघ २४ गतेका लागि तोकिएको छ । त्यसका लागि १० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
तर, दाङ र डोटी लगायतका ठाउँमा भएका आन्दोलन नरोकिए उम्मेदवारी दर्ता प्रभावित हुन सक्ने आयोगले चिन्ता व्यक्त गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्