बाँकेका वुद्धिजिवीहरुको बाँकेलाई नै अस्थायी राजधानी तोक्ने माग



नेपालगञ्ज,५ माघ/   सरकारले अस्थाई प्रदेशकाराजधानी तोके संगै बाँकेमा रहेका बिभिन्न राजनीतिक दल, वुद्धिजिवी र जनप्रतिनिधिहरुले विरोध जनाएका छन् ।

बिहिबार नेपालगन्जमा पापडले आयोजना गरेको प्रदेश नं.५ राजधानी विषयक छलफमा उपस्थित वुद्धिजिवी र रानीतिक दलका प्रतिनिधिहरुले प्रदेश नं.५ को राजधानी बाँके उपयूक्त भएको जनाएका छन् । बाँकेलाई राणाकाल, पञ्चायतकालदेखि एउटा प्रमुख केन्द्रको रुपमा राखिएता पनि अहिले सरकारले बाँकेलाई पछि पार्ने काम गरेका कारण यहाँका सबै जनता जाग्ने बेला आएको अधिवक्ता प्रह्लाद बहादुर कार्कीले बताए ।

बाँके क्षेत्र नं. २ प्रदेश ख का सांसद सुरेन्द्र हमालले बाँकेलाई राजधानी बनाउनका लागि सडक आन्दोलन गर्न समेत तयार भएको बताए । बाँकेका लागि बुटवल कुनै पनि रुपमा मान्य नहुने र यदि बाँके प्रदेश नं.६ मा गयो भने पनि बाँकेलाई नै राजधानी बनाउनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ शाखा बाँकेका अध्यक्ष ठाकुरसिँह थारुले शासकहरुले जहाँका मान्छे र नेताहरु कमजोर हुन्छन त्यो ठाउमा नेताहरुले शासन गर्ने गरेको अहिले स्थितिले देखाएको समेत उल्लेख गरे ।

बाँके क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य मो.इस्तियाक राईले बाँकले मध्य तथा सुदुपश्चिमाञ्चका २४ जिल्लाको अगुवाई गर्दै आएता पनि अहिले प्रदेश राजधानीको सुचीमा नपर्नु दुर्भाग्य भएको बताए । उनले राज्यको यस्तै हेपाहा प्रवृति हुने हो भने बाँके ५ नम्बर प्रदेशमा नबसी अलग्गै प्रदेशको लागि लबिङ्ग गर्ने समेत बताए ।

यस्तै कार्यक्रममा उपस्थित वौद्धिक एबं राजनीतिक ब्यक्तिहरुले बाँकेमा राजधानी बनाउनका लागि कुनै पनि राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुले पार्टीको ह्वीप नमान्ने पनि राय राखेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रबार