नेपालगञ्ज,४ माघ/ नेपाल विद्युत प्राधिकरणमा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) नेविप्राको केन्द्रीय भेला आज नेपालगञ्ज स्थित भेरी प्राविधिक शिक्षलयको सभाहलमा हुँदै छ ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्व उर्जा मन्त्री टोप बहादुर रायमाझीले सो भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराएका छन् ।
रायमाझी सो भेलाका प्रमुख अतिथि समेत रहेका छन् । त्यस्तै भेलामा विशेष अतिथिको रुपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आउने भएका छन् ।
भेलामा देशभरबाट नेपाल विद्युत प्राधिकरणमा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्यहरु, क्षेत्रीय अध्यक्ष र सचिव तथा इकाई अध्यक्ष र सचिवहरु गरी बन्दशत्रमा करिब ३ सय ९६ जनाकोे सहभागिता रहने सो संगठनका केन्द्रीय उपाध्यक्ष झुलीराम थापाले जानकारी गराएका छन् ।
आजको उद्घाटन शत्रमा विभिन्न संगठनका प्रतिनिधिहरु र नेपाल विद्युत प्राधिकरणमा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी संगठन आवद्ध कर्मचारीहरु गरी करिब ७ सय जतिको सहभागिता रहने छ भने ५ गते बन्दशत्र र प्रशिक्षण हुने थापाले बताए ।









प्रतिक्रिया दिनुहोस्