पेट्रोल, डिजेलको भाउ फेरि बढाइयो



नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल एवं मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको जनाएको छ ।

अब पेट्रोलको मूल्य बढेर प्रतिलिटर १०३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ८१ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले भाउ बढाउनुपरेको निगमले जनाएको छ ।

यसअघि, पुस १७ गते पनि निगमले इन्धनको भाउ बढाएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ३ गते बुधबार