काठमाण्डौं/ फुल, गित, सांगित र बच्चा कसलाई मन पर्द्दैन र गायन क्षेत्रम स्थापित चर्चित गायिका देवीका केसी गुरुङको नयाँ गित बजारमा आएको छ । बजारमा नयाँ गित आए संगै गितको चर्चा परिचर्चा चल्न थालेको हो। यो गितले छोटो समयमा नै लोकप्रियता हासिल गर्ने संगीत क्षेत्रका पारखीहरु बताउछन् ।
ूबाजा बजाउदै देश बिदेशमा हामीले नचाउने, हामीले नै हो सुन साहिली सस्कार बचाउदैू बोलको यो गितले समाजको सकारात्मक पक्षलाई अंगालेको छ । आफ्नो सास्कृति, सस्कार जहाँ गएपनि बचाउनु पर्छ है भन्ने भाव गितको माध्यम बाट प्रस्तुत गरिएको छ । यस गितमा गायिका केसीलाई गायक युवराज छ्न्त्यालले साथ दिएका छन् ।
गितमा बसन्त थापाको शब्द अनि गायक युवराज छन्त्याल कै सांगित रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको सो भिडियोले धेरैको मन जित्ने कुरा स्थापित गायक, गायिकाहरु बताउछन् । भर्खरै सार्वजनिक भएको सो गितले छोटो समयमा नै धेरै लोकप्रियता हासिल गरेको गायन क्षेत्रलाई नजिक बाट नियाल्ने हरु बताउछन् ।









प्रतिक्रिया दिनुहोस्