
काठमाडौँ ।
एथर इनर्जीका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले एक लाख रूपैयाँँसम्म क्यासब्याक पाउने भएका छन् । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन गर्न लागेको ‘एथर अपग्रेड फेस्टिभल’अन्तर्गत ग्राहकलाई उक्त सुविधा दिन लागेको हो । आठ दिनसम्म सञ्चालन हुने अभियान देशभरका एथर एक्सपिरियन्स सेन्टरमार्फत लागू हुनेछ । कम्पनीका अनुसार चाडपर्वको अवसर पारेर ग्राहकलाई विद्युतीय स्कुटर खरिदमा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो ।
यस अभियानमा सहभागी हुने ग्राहकले एथरका नयाँ विद्युतीय स्कुटर खरिद गर्दा एक लाख रूपैयाँँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याक प्राप्त गर्ने योग्यता तथा अन्य सुविधा भने कम्पनीले निर्धारण गरेका नियम तथा सर्तअनुसार हुनेछन् । एथरका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल र म्याजिक ट्विस्टलगायतका सुविधा उपलब्ध छन् । कम्पनीले लागू हुने वारेन्टीका सर्तअनुसार ब्याट्रीमा आठ वर्षसम्मको वारेन्टीसमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।
कम्पनीका अनुसार एथर अपग्रेड फेस्टिभल देशभरका १७ स्थानमा रहेका एक्सपिरियन्स सेन्टरमा सञ्चालन हुनेछ । नक्साल, भक्तपुर, टेकु, झम्सिखेल, बौद्ध, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान, विराटनगर, नेपालगन्ज, सुर्खेत र धनगढीस्थित सेन्टरबाट ग्राहकले अभियानमा सहभागी हुन सक्नेछन् । वैद्य इनर्जी प्रालि नेपालमा एथर इनर्जीको आधिकारिक वितरक हो । कम्पनीले विद्युतीय सवारीसाधनको बिक्रीसँगै सेवा केन्द्र तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै आएको जनाएको छ । कम्पनीले सीमित अवधिका लागि सञ्चालन हुने फेस्टिभलको लाभ लिन इच्छुक ग्राहकलाई नजिकको एथर एक्सपिरियन्स सेन्टरमा सम्पर्क गरी उपलब्ध मोडेल, क्यासब्याक सुविधा र खरिदसम्बन्धी सर्तबारे जानकारी लिन अ









प्रतिक्रिया दिनुहोस्