कोहलपुर,२८ पुस/ बाँकेको राप्तीसोनारी गाउँपालिकामा चालु आर्थिक वर्ष २०७४÷७५ का विकास योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न सक्रियता बढाइएको छ ।
गाउँपालिकाको वडा नम्वर १ देखि ९ सम्म चालु वर्षमा ६ सय ६१ वटा योजना तथा कार्यक्रम सञ्चालनको क्रममा छन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्लले चालु वर्षका योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न धमाधम अगाडी बढाइएको बताए ।
उनका अनुसार हालसम्म चालु वर्षका दुई वटा योजना निर्माण सम्पन्न भईसकेका छन् । अन्य अधिकांस योजनाको पनि सम्झौता भएर काम भईरहेको प्रमुख प्रशासकिय अधिकृत मल्लले जानकारी दिए ।
‘केही योजनाको स्टिमेट हुने काम पनि भईरहेको छ’–उनले भने । गाउँपालिकाको कार्यक्षेत्र ठुलो रहेको र योजना अनुसार प्राविधिकको संख्या कम हुँदा कतिपय योजनाको सम्झौता हुन नसकेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।
प्राविधिक समस्याका बीच पनि पुर्वाधार निर्माणको कामलाई अगाडि बढाइएको उनले जानकारी दिए । गाउँपालिका गाउँपालिकामा हाल ३ जना मात्र प्राविधिक कार्यरत छन् ।
गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारीको चालु वर्षको बजेट फ्रिज हुन नदिन विशेष सर्तकता अपनाइएको बताए ।
विभिन्न वडामा सम्झौता भएर सञ्चालनमा आइसकेका योजनाको जनप्रतिनिधिले निरन्तर रुपले अनुगमन गरिरहेको दिए ।









प्रतिक्रिया दिनुहोस्