टेबलटेनिसको मिक्स्ड डबल्समा रुविन र इभानाको जोडी विजयी



काठमाडौँ ।
जापानमा जारी एसियाली खेलकुदको मिक्स्ड डबल्सको पहिलो चरणमा रुविन महर्जन र इभाना थापाको जोडी विजयी भएको छ । नागोयास्थित स्काइ हल टोयोटामा सम्पन्न खेलमा मुहम्मद खान र कलसुम खानको जोडीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । नेपाली जोडीले खेल ११–६, ११–८, ११–४ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो चरणमा यो जोडीले हङकङका क्वान टु यी र विङ लाम एनजीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, संयोग कपाली र नवीता श्रेष्ठको जोडी भने पहिलो चरणमै सीमित बनेको छ ।

यो जोडी मंगोलियाका बिल्गुन अन्खबायर र अन्ख्मा सेर ओडको जोडीसँग ३–१ को सेटमा पराजित भयो । पहिलो सेट ११–२ ले आफ्नो पक्षमा पारेको नेपाली टोली त्यसपछिका तीन सेटमा क्रमशः ६–११, ६–११, ९–११ ले पछि प¥यो । यसअघि पुरुष तथा महिला टिम इभेन्टमा नेपाल समूह चरणमै सीमित भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार