विराटनगर ।
निजी क्षेत्रकै सबैभन्दा पुरानो मध्येको एक मानिने संस्था मोरङ उद्योग व्यापार संघमा आइतबार नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । अनिलकुमार साहलाई संघले अध्यक्ष चयन गरेको छ । साहको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको संघले जानकारी दिएको छ । साह वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष थिए । संघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्कोपटक स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार ३५औँ कार्यकारिणी समितिको अध्यक्षमा चयन भएका हुन् ।
संघको सबै पदमा सहमतिका आधारमा उम्मेदवारी परेपछि मतदान नभएको साहले जानकारी दिए । संघको वरिष्ठ उपाध्यक्षमा अनिल शारडा चयन भएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र उद्योगतर्फको उपाध्यक्षमा संजय कुमार श्रेष्ठ छन् । यस्तै, महासचिवमा अमितकुमार शारडा तथा सचिवमा अमित राठी र दीपेश सुवेदी चयन भएका छन् । कोषाध्यक्षमा विनीत सिंघानिया र सह–कोषाध्यक्षमा मनिष कुमार मारु छन् ।
प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन् । कार्यसमिति सदस्यतर्फ राजेश कुमार अग्रवाल (आर्थिक समिति संयोजक), विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु छन् । त्यस्तै, आइतबार नै डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओमप्रकाश शर्मा सदस्यमा मनोनित भएका छन् । संघले पाँच जनालाई आमन्त्रित सदस्यसमेत मनोनयन गरेको छ । आमन्त्रित सदस्यमा डा. दिपेन्द्र नोलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल रहेका छन् । त्यसैगरी संघ अन्तर्गतको महिला उद्यम समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा साधना भट्ट र सह–संयोजकमा जीना श्रेष्ठ छन् ।








प्रतिक्रिया दिनुहोस्