कोहलपुरमा जुवा खेल्दै गरेका रास्वपा वडा सभापतिसहित ५ जना पक्राउ



कोहलपुर।

बाँकेको कोहलपुरमा जुवा खेल्दै गरेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा सभापतिसहित ५ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१३ स्थित खड्कवारबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ घर भएका कुलबहादुर ओली, कोहलपुर–१२ घर भएका धनबहादुर परियार, चन्द्रबहादुर बस्याल, बेलबहादुर डाँगी र कोहलपुर–५ घर भएका राम गुरुङ छन् ।

जुवा खालबाट २ लाख २ हजार नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर हरि पुनले जानकारी दिए ।रास्वपाका एक जना जिल्ला नेताका अनुसार पक्राउ परेका कुलबहादुर ओली रास्वपा बैजनाथ–४ का वडा समितिका सभापति हुन् । शुक्रबार राति पक्राउ परेका उनीहरूमाथि प्रहरीले आइतबार म्याद लिएर थप अनुसन्धान गर्ने तयारी गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार