नेपालगन्ज ।
नेपाल प्रेस युनियन बाँकेको १३औँ जिल्ला अधिवेशन तथा साधारणसभाबाट कमल खत्रीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शनिबार नेपालगन्जमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा कमल खत्री निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै खुला उपाध्यक्षमा खड्क खत्री, महिला उपाध्यक्षमा निशा शाह र समावेशी उपाध्यक्षमा अरसत शेष राई निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा भीष्म प्रसाद लोध, समावेशी सहसचिवमा अभिषेक गुप्ता, महिला सहसचिवमा सावित्री परियार तथा कोषाध्यक्षमा सिद्दार्थ पाण्डे निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यमा प्रेम सिंह एसके, कुलेन्द्र विश्वकर्मा, अमित गुप्ता, लिला चौधरी, निर्मल गोसाई, विनोद कुमार बर्मा र सौरभ राणा निर्विरोध निर्वाचित भएको अध्यक्ष कमल खत्रीले जानकारी दिए ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारिताको संस्थागत विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्