नेपालगञ्ज,२६ पुस/ बाँकेको खजुरा गाउँपालिका – २ गुराँसपुरमा लामो समय पछि बाटो निर्माण कार्य हुँदा त्यहाँका बासिन्दाहरु खुसी भएका छन ।
बाटो निर्माणको कार्य मंसिरबाट सुरु भएको थियो । लम्बाई १२ सय मिटर क्षेत्रफलमा रहेको सडकमा चौडाई ८ मिटरको माटोपटान र ५ मिटरको ग्राविल राखेर १२ सेन्टीमिटरको उचाईमा सडक निर्माण भईरहेको गुराँसपुर ग्राविल उपभोक्ता समितिका अध्यक्ष बुद्धि बहादुर तामाङले बताएका छन् ।
कुल रु ३० लाख ४६ हजार १ सय ८९ लागत मध्ये रु ६ लाख २१ हजार १ सय ८९ रुपैया र बाँकी जनसर्वदान रहेको छ । बाटो ग्राविलको लागि रु १९ हजार र माटो पटानका लागि रु ६ लाख ६५ हजार र त्यसमध्ये केही बजेट रोलर र पानी टयाङकिमा प्रयोग भएको बताए ।
खजुरा गाउँपालिकाले रु २५ लाख रुपैया बाटो निर्माण कार्य गर्नको लागि सहयोग गरेको समेत उनले जानकारी गराए । बाटो निर्माण कार्य गर्दा धेरै विवाद उत्पन्न भएको र कतिपय गाउँ बासिन्दाले बाटो छोड्न नमान्दा विवाद भएको गुराँसपुर ग्राविल उपभोक्ता समितिका सचिव निर्मल खत्रीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्