ज्योतिष परिषद् बाँकेमा सिग्देलको नेतृत्व



कोहलपुर (बाँके) ।

ज्योतिष परिषद् नेपाल जिल्ला समिति बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ । आइतबार एक कार्यक्रमबीच राजेन्द्र राज सिग्देलको अध्यक्षता १५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्ष लोकमणि शर्मा दाहाल, उपाध्यक्षमा यज्ञ प्रसाद शर्मा, महिला उपाध्यक्ष भगवती शर्मा, सचिवमा उमेश पाण्डे, कोषाध्यक्षमा निरजकुमार चालिसे र सह–सचिवमा मानन्दराज पौडेललाई चयन गरिएको हो ।

यस्तै, सदस्यहरूमा कमलाकान्ती पौडेल, प्रकाश पौडेल, जनकराज उपाध्याय, केशव प्रसाद रेग्मी, फणा शर्मा, तिलक राज पौडेल, महेश कुमार मल्ल र टिकाराम उपाध्याय चयन भएका हुन् । यसैगरी, तीन सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ । जसको संयोजकमा सुदर्शन देवकोटा र सदस्यहरूमा नन्दलाल पौडेल र खेमलाल शर्मा चयन भएका छन् ।

कार्यक्रममा ज्योतिष परिषद् नेपालका केन्द्रीय अध्यक्ष मेघराज आचार्यको प्रमुख आतिथिका रूपमा रहेका थिए । जसको सञ्चालन समितिका उपाध्यक्ष लोकमणि शर्मा दाहालले गरेका थिए । निर्वाचन समिति केन्द्रिय उपाध्यक्षको कमल प्रसाद भट्टराई संयोजकत्वमा गठित समितिले प्रक्रियागत ढंगले विधान बमोजिम नयाँ कार्यसमिति चयन गरेको हो ।

शंख ध्वनि तथा स्वस्ति वाचन सहित पानसमा बत्ती बालेर सुरु गरिएको कार्यक्रममा ज्योतिष परिषद् नेपालका केन्द्रीय महासचिव केशव गौतम, प्रदेश अध्यक्ष कपिल सुवेदी लगायतका विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार