बढैयातालका लागि प्रवेशद्वार निर्माण गरिने



रावन बिश्वकर्मा : बर्दिया,२६ पुस/   बार्दियाको पर्यटकीय स्थल बढैयाताल जानको लागि बाँसगढीमा प्रवेशद्धार निर्माण गरिने भएको छ ।

बाँसगढी बजारको मुख्य चोकको दक्षिण तर्फ पवेशद्धार निर्माणको लागि शिव देवकोटाको अध्यक्षतामा ७ सदस्यीय प्रवेश द्धार निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।

बाँसगढी वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र गिरीको आथित्यमा मंगलबार बसेको भेलाले सो उपभोक्ता समिति गठन गरेको हो । जसको सचिवमा भद्र बहादुर परियार (जिवन), कोषाअध्यक्षमा कमला भटराई, सदस्यहरुमा भोला प्रसाद पौडेल, तिलनाथ शर्मा लगायत रहेका छन ।

प्रवेशद्धार आर्थिक वर्ष २०७४÷०७५ मा बाँसगढी नगरपालिकाबाट रु १० लाख विनियोजित रकमले निर्माण गर्न लागिएको हो । बाँसगढी नगरपालिकासँग सम्झौता गरी छिटै काम अगाडि बढाईने निर्णय गरिएको अध्यक्ष शिव देबकोटाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २६ गते बुधबार