कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजासहित उत्कृष्ट जीपीए हासिल गर्न सफल समावेशी माविलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । बुधबार गाउँपालिका गाउँ सभाले विद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको उल्लेखनीय उपलब्धिको उच्च मूल्यांकन गर्दै सम्मान गरेको हो ।
उत्कृष्ट नतिजा सहित शतप्रतिशत नतिजा ल्याएको भन्दै गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत कमल उपाध्य र बरिष्ठ शिक्षा अधिकृत विष्णु प्रसाद ढकालले सयुंक्तरुपमा विद्यालयलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार सहति प्रमाणपत्र विद्यालयका प्रधानाध्यापक भुलप्रसाद अधिकारी र विव्यस अध्यक्ष प्रेमबहादुर शाहीलाई प्रदान गरेका हुन्। उनले बैजनाथ गाउँपलिकाभित्र रहेका १७ वटा सामुदायिक विद्यालयमध्य समावेशीले आफूलाई अब्बल प्रमाणित गरेर उत्कृष्ट नतिजा ल्याएको भन्दै खुसी व्यक्त गरे ।
समावेशी विद्यालयले प्राप्त गरेको सफलता विद्यालयको मात्र नभई सम्पूर्ण बैजनाथ गाउँपालिकाकै गौरव रहेको बताए । उनले गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासले नै उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई गाउँपालिकाले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक अधिकारीले गाउँपालिकाले गरेको सम्मानले विद्यालय परिवारलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए । उनले विद्यालयले शैक्षिक गुणस्तर सुधार, नियमित पठनपाठन, अतिरिक्त कक्षा, शिक्षकहरूको निरन्तर मेहनत र अभिभावकको सहयोगका कारण शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको जानकारी दिए ।
यस्तै कक्षा ८ को परिक्षामा गाउँपलिका सबैभन्दा उत्कृष्ट ४ जिपिए ल्याएका विद्यालयका सागर खड्का समेत सम्मानीत भएक छन् । उनलाई गाउँपालिकाले नगद ६ हजार र सम्मान पत्र प्रदान गरेको छ । सम्मानले आगामी शैक्षिक यात्रामा अझ मेहनत गर्न प्रेरणा मिलेको विद्यार्थी खड्काले बताए ।
बैजनाथ गाउँपालिकाले शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान र प्रोत्साहन गर्ने नीति अवलम्बन गर्दै आएको उपाध्यक्ष निर्मला रोकायाले बताइन् । सोही अनुसार यस वर्ष समावेशी विद्यालयलाई सम्मान र अन्य विद्यार्थीहरुलाई सम्मान गरिएको जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्