नेपालगञ्ज,२५ पुस/ फेशबुक तथा अन्य सामाजिक सञ्जालमा तपाईलाई चिट्टा पर्यो भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ ।
केही समयदेखि देशका विभिन्न भागमा रहेका सार्वसाधरणहरुसंग सामाजिक सञ्जाल तथा फोन मार्फत ‘तपाईलाई चिठ्ठा पर्यो भन्दै चिठ्ठाको रकम लिनको लागि अग्रिम ट्याक्स (कर) अग्रिम बुझाउनु पर्छ र कर वापत यती रुपैयाँ लाग्छ’ भन्दै भाईबर, फेशबुक, व्हाट्अप,ईमो, ईन्टाग्रामबाट जस्ता सामाजिक सञ्जालबाट सम्पर्क गरी पैसा लिएर ठगि गर्ने गिरोहलाई बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निकट स्रोतले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जका विभिन्न ठाँउका मनि टान्सफर सेन्टरबाट सो कार्यमा सहभागि भएको आरोपमा एक जना भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी निकट स्रोतले जनाएको छ । उनीहरुको पहिचान खुल्न सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्