काठमाडौं ।
प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले पानीजन्य विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सो ध्यानाकर्षण गराएका हुन् ।
‘मनसुन सुरु भएसँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटनाहरू हुन थालेका छन् । यस्ता विपद्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमानको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख अर्यालले भने ।
प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्