रक्सी चोर्दा मलेसियामा एक नेपालीलाई तीन महिना जेल



मलेसिया, २४ पुस/  मलेसियामा रक्सी चोरेको अभियोगमा एक नेपाली जेल परेका छन् । ४४ वर्षका विश्व सुवेदीलाई एक सुपरमार्केटबाट १३२ रिंगिट पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा मलेसियाको मजिष्ट्रेसट कोटले ३ महिनाको जेल सजाय सुनाएको स्थानीय अनलाइनले उल्लेख गरेको छ ।

क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहेको एइयोन एयू २ सुपरमार्केटबाट ज्याकोब्स क्रिक सिराज रोज वाइनका दुई बोतल चोर्दा सुवेदी पुस ७ गते रंगेहात पक्राउ परेका थिए ।

दुई सन्तानका बुवा सुवेदी मलेसियामा ‘ओभर स्टे’ बसेकोमा समेत ३ महिनाको जेल सजाय पाएका छन्  । पक्राउ परेको मितिदेखि नै गणना हुने गरी दुवै सजायको भुक्तान गर्न आदेश दिएको छ ।

पेनल कोडको सेक्सन ३८० अनुसार १० वर्षसम्मको जेल सजाएसम्म हुने भएपनि उनलाई ३ महिनाको मात्र सुनाइएको समाचारमा उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार