काठमाडौँ।
मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालन गर्न लागिएको मिड–डे मिल (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । यस कार्यक्रमअन्तर्गत आयोजक सामाजिक संस्थाले केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीस्थित सरकारी विद्यालयहरूमा अध्ययनरत ५ हजार विद्यार्थीहरूलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ ।
विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति अभिवृद्धि तथा शिक्षामा निरन्तरताका लागि यस कार्यक्रमले महत्वपूर्ण योगदान पुरÞ्याउने विश्वास बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा समेत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको दिगो विकासमा योगदान पु¥याउने यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।









प्रतिक्रिया दिनुहोस्