डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा ‘पक्राउ’ आदेश जारी



पुस २४, २०७४
काठमाडौँ — सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई म‌ंगलबार बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।
सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदनको आधारमा मुद्दा तयार भएको हो । डा. केसीले प्रधानन्यायाधिश पराजुलीको माग गर्दै १४ औ‌ं अनशन सुरु गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार