‘रोपाइँ महाराइड नेपालगन्ज २०८३’ सम्पन्न



नेपालगन्ज ।

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. अन्तर्गत नेपालगन्जको आधिकारिक डिलर वेस्टएन्ड प्रा.लि.ले ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगन्ज २०८३’ सफलतापूर्वक आयोजना गरेको छ । नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगन्ज २०८३’ सफलतापूर्वक आयोजना गरेको बताइएको छ ।

राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित यस विशेष कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवद्र्धन गर्दै राइडरहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो । रोयल इनफिल्ड नेपालगन्ज शोरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो, जहाँ २०० जना रोयल इनफिल्ड राइडर सहभागी भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार