कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने



काठमाडौँ ।

नेपाली कांग्रेसले सङ्घीय संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ। पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकमा संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो।

बैठकको निर्णय बारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट र संसदीय दलको कार्यसमितिका बारेमा छलफल भएको बताए। उनले भनिन्, “मुख्य गरी संसद्‌मा आगामी रणनीतिको सम्बन्धमा र भोलि प्रस्तुत हुने बजेटका सम्बन्धमा छलफल गर्‍याैँ, साथै हाम्रो संसदीय दलको कार्यसमितिमा केही पदहरू रिक्त थियो । त्यसलाई पूर्णता दिने विषयमा छलफल भयो ।”

बैठकमा संसद्का विषयगत समितिको सम्बन्धमा अध्ययन गर्नका लागि पार्टीका तर्फबाट संयोजक तोक्नेलगायत विषयमा छलफल भएको उनले बताइन्।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार