मुक्तिनाथ विकास बैंकका सिइओ मानन्धरले गरे पदभार ग्रहण



काठमाडौँ।

मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त भएका तारा मानन्धरले शुक्रबारदेखि पदभार ग्रहण गरेका छन् ।

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मेडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका थिए ।

उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मनन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरिय ग्राहक सेवा, कर्मचारीहरूको उच्च मनोबल तथा सरोकारवालाहरूले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंकले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगमी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने विश्वास लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार