नेपालगन्ज ।
बाँकेको नेपालगन्जस्थित युनाइटेड एजुकेसनल एकेडेमीका दुई जना विद्यार्थीहरूले ४ जिपिएसहित एसइई परीक्षा उत्तीर्ण गरेका छन् ।एकेडेमीका विद्यार्थीहरू सुभेच्छा सिंह र सोनिया पाण्डेले ४ जिपिएसहित एसइई उत्तीर्ण गरेका हुन् । यसका साथै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयका ५५ जना विद्यार्थीहरूले ३ जिपिएभन्दा माथिको नतिजासहित एसइई उत्तीर्ण गरेका छन् ।
विद्यालयका प्रबन्ध निर्देशक विकास बज्राचार्यले विद्यालयले निरन्तर रूपमौ उत्कृष्ट नतिजा ल्याउँदै आएकोमा यसपटक झनै उत्साहजनक नतिजा दिन सफल भएको बताए । उनले उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना दिँदै अब आगामी शैक्षिक यात्रामा सही विषय र उपयुक्त शिक्षण संस्था छान्न सुझाव दिए ।
२५ वर्षदेखि नेपालगन्जमा अग्रणी विद्यालयको रूपमौ शिक्षा सेवा दिँदै आएको उक्त विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुने गर्दछ । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र कानुन विषयको अध्यापन भइरहेको छ । यस वर्ष विद्यालयमा पत्रकारिता विषयको पनि अध्यापन सुरु गर्ने योजनामा रहेको प्रबन्ध निर्देशक बज्रचार्यले जानकारी दिएका छन् ।
उनले युनाइटेड एकेडेमी २५ वर्षदेखि अभिभावकको मन जित्दै आएको विद्यालय रहेको र शिक्षाको गुणस्तर तथा शैक्षिक वातावरणमा कुनै सम्झौता नगर्ने गरेको दाबी गरे । उनले अहिले विद्यालयले कक्षाकोठालाई सूचना प्रविधिअनुकूल र डिजिटल बनाउँदै लगेको पनि जानकारी दिए।









प्रतिक्रिया दिनुहोस्