कविन्द्र परियार कोहलपुर १९ पुस बाँकेको कोहलपुर नगरपालिका —११ न्युरोड छेउमा रहेको खाली मैदान लाई खुल्ला मञ्ंच बनाईने भएको छ । कोहलपुर नगरविकास समितीकोे सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको कोहलपुर नगरविकास समितीका अध्यक्ष अवराज खड्काले जानकारी दिए । अहिले खाली रहेको चौरलाई ”कोहलपुर सहिद खुल्ला मञ्चं नामाकरण गरेका छौ आ.व २०७५÷०७६ मा बजेट विनियोजन गरी काम सुरु हुन्छ, खड्काले भने ।
जस अन्तर्गत पहिलो चरणमा पर्खाल ,गेट तथा मंच निमाण गरिने समेत खड्काको भनाई छ । गु्रुयोजनामा सरकारी कार्यालयहरु निमार्ण गर्नका लागी छुट्याईएको सो मैदानलाई विभिन्न मेला तथा महोत्सव आयोजना स्थलको रुपमा प्रयोग गर्दै आईरहेकोमा अब व्यवस्थित ”कोहलपुर सहित खुल्ला मच निर्माण गर्न लागीएको कोहलपुर नगरविकास समितीले जनाएको छ । त्यस्तै बैठकले अन्तराष्ट्र्रिय क्रिकेट मैदन छेउछाउमा अतिक्रमण गरी बसेकाको लगत संकलन गर्नका लागी कोहलपुर नगरपालिका वडा नं ११ का वडा अध्यक्षको कर्ण बहादुर थापाको सयोजकत्वमा चिन्तामणी धिताल र तुलाराज विष्टको सहित ३ सदस्यीय लगत संकलन समिती गठन गरेको छ ।
बैठकले अव्यवस्थित रुपमा रहेका अटो पार्टसलाई व्यवस्थित गर्न लामो दुरीको बसपार्क सगै व्यवस्थित अटो भिलेज निर्माण गर्ने,नगरविकास समितीको उत्तर र पुर्व व्यवसायिक सटरहरु निमार्ण गर्ने,नगरविकास समितीको पुर्व पट्टि अटोरिक्सा पार्क बनाउन मध्यपश्चिम जनसेवा यातायात प्रा.ली लाई ५ देखी ६ कठ्ठा जमिन उपलब्ध गराउने नियर्ण गरिएको अध्यक्ष खड्काले बताएका छन ।
साथै बैठकले बसपार्क छेउमा निमार्ण गरिएका ४५ वटा सटरहरुको मुल्याकंन भइसकिएकोले यथाशिघ्र टेण्डर गरि स्थानियलाई भाडामा दिने,तथा दशविगाह भन्दा पछाडी बचेका केही जग्गाहरु अधिकतम मुल्य निर्धारण नापजांच गरी सम्बन्धित व्यक्तिहरुलाई दिने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति : २०७४ पुस १९ गते बुधबार









प्रतिक्रिया दिनुहोस्