काठमाडौँ ।
प्रतिष्ठित ब्रान्ड गोड्रेजले नजिकिँदै गरेको नयाँ वर्ष २०८३ लाई लक्ष्य गर्दै नेपाली ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । ‘नयाँ सुरुवातको शुभारम्भ’ भन्ने सन्देशसहित ल्याइएको अभियानले नयाँ वर्षलाई अझ सहज, आधुनिक र आरामदायी बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकले गोड्रेजका विभिन्न होम अप्लायन्सहरू खरिद गर्दा ३५ हजार ३ सय रूपैयाँँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्ने छन् । साथै ग्राहकको दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यले हरेक खरिदमा विभिन्न एस्योर्ड गिफ्ट पनि प्रदान गरिने छ ।
अफर अन्तर्गत फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटर्जेन्ट, टप लोड वासिङ मेसिन खरिदमा मा २ केजी एरियल डिटर्जेन्ट तथा ट्विन टब वासिङ मेसिन खरिदमा १ केजी एरियल डिटर्जेन्ट निःशुल्क प्रदान गरिने छ ।
त्यसैगरी माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट उपहार, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान र सबै उत्पादनमा निःशुल्क डेलिभरी सुविधा उपलब्ध छ । गोड्रेजले वर्षौँदेखि गुणस्तर, विश्वास र नवीनतामा आधारित सेवा प्रदान गर्दै आएको छ जसका कारण यसले विश्वसनीय ब्रान्डको पहिचान कायम गरेको छ ।
ग्राहकले सीजी इलेक्समार्फत सजिलो शून्य प्रतिशत ईएमआई सुविधा पनि उपभोग गर्न सक्नेछन् । गोड्रेजका यी अफर नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन् र सीमित अवधिका लागि मात्र लागू हुने छ । नजिकको आधिकारिक शोरुम वा डिलरमार्फत उत्पादन खरिद गर्न सकिने छ ।









प्रतिक्रिया दिनुहोस्