काठमाडौँ ।
मुक्तिनाथ विकास बैंकले ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ तथा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन् ।
बैंकको आधार दर ५.५३ प्रतिशत रहेकाले कात्तिक मसान्तसम्म ग्राहकले ५.७८ प्रतिशत ब्याजदरमा घरकर्जा पाउने बैंकले जनाएको छ । बैंकका अनुसार घरजग्गाको मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ ।पहिलो घर कर्जाको हकमा भने अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा लिन सकिनेछ ।
चाडपर्वको अवसरमा आफ्नै घर बनाउने वा खरिद गर्ने योजना बनाएका ग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जनाएको छ । विशेष घरकर्जा योजना २०८३ साल कात्तिक मसान्तसम्म लागू हुनेछ । त्यसपछि भने बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जाका अन्य शर्तहरू लागू हुने बैंकको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्