सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकका कार्यक्रम



काठमाडौँ ।

सिद्धार्थ बैंक लिमिटेडले विद्यार्र्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्मम नाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ । यस वर्षको ग्लोबल मनी विक २०२६ को नारा ‘स्मार्ट मनी टक्स’लाई सार्थक बनाउने प्रयासस्वरुप बैंकले देशका सातै प्रदेशका विद्यालय एवं क्याम्पस गरी ३८ स्थानहरूमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको थियो ।

बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा दुई हजार १७१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
साथै, विद्यार्थीहरूलाई बैंकको आधारभूत बैकिङ्ग सञ्चालन र विभिन्न बैंकिङ्ग माध्यमहरूसम्बन्धी व्यवहारिक रूपमै शिक्षा प्रदान गर्ने उद्देश्यले ४७८ जना विद्यार्थीहरूलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

यसरी ग्लोबाल मनी विक २०२६ मा बैंकले कूल ५१ वटा कार्यक्रमहरूमार्फत दुई हजार ६४९ विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको छ ।
देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यका साथ बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सप्ताहभरि दैनिक रूपमा सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्रीहरू समेत प्रकाशन गरेको थियो ।

वित्तीय सचेतनाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गर्ने प्रयासस्वरुप बैंकद्वारा गरिएको कार्यक्रमहरूबाट ग्लोबल मनी विकका मूल उद्देश्यहरू हासिल गर्न सकारात्मक योगदान पुगेको छ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार