‘इन्स्पाइरिङ युथ’मा संघर्षले सुनाए साढे २ दर्जन गजल



नेपालगन्ज ।

नेपालगन्जमा गजलकार कमल संघर्षको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । बास नेपालले आयोजना गर्दै आएको युवा उत्प्रेरणाको कार्यक्रम इन्स्पाइरिङ युथको २३२औँ श्रृंखलामा गजलकार संघर्षको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको हो ।

आफ्नो खस भाषाको पछिल्लो गजल संग्रह ‘हियाका कुडा’ लिएर आएका संघर्षले कार्यक्रममा खस भाषका गजलका साथै साढे दुई दर्जन बढी नेपाली गजल सुनाएका थिए । कार्यक्रममा सहभागी युवाहरूले संघर्षका आलोचनात्मक चेतनाले भरिएका र भावनात्मक गजलहरू सुनेर प्रभावित भएको प्रतिक्रिया दिएका थिए ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले साहित्य, कला र संस्कृतिको प्रवद्र्धनका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताइन् । बास नेपालको कार्यक्रम इन्स्पाइरिङ युथमा प्ररणादायी व्यक्तिहरूबाट युवा उत्प्रेरणा गर्ने गरिँदै आएको आयोजक बास नेपालले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार