कोहलपुर ।
‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा युनाइटेड भिजन क्रिकेट क्लब र न्यू होराइजन स्पोर्टस् क्लब आज उपाधिका लागि भिड्दैछन् । आज बिहान ९ बजे यी दुई टोली उपाधिका लागि भिड्ने भएका हुन् । आइतबार भएको खेलमा कोहलपुर स्पोर्टस एकेडेमीलाई हराउँदै युभिसिसि र ब्राइटल्याण्ड स्कुललाई हराउँदै न्यू होराइजन फाइनल प्रवेश गरेका गरेका थिए ।
सेमिफाइनलको पहिलो खेलमा कोहलपुर स्पोट्र्स एकेडेमीले पहिला टस जितेर ब्याटिङ रोजेको थियो । पहिला ब्याटिङ रोजेको कोहलपुर स्पोर्टस एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनाउन सफल भयो । टिमका लागि भीम सार्कीले ४२ बलमा सर्वाधिक ७४ रन बनाए भने विपिन रावलले २६ बलमा २० रन र सिद्धार्थराज शाहीले १० बलमा अविजित १४ रन बनाएका थिए । अन्य ब्याटहरूले भने दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ युनाइटेड भिजन क्रिकेट क्लबका लागि आकाश चन्द, दिनेश अधिकारी र सन्तोष यादवले समा ३÷३ विकेट लिए भने कमल मुसलमानले १ विकेट लिएका थिए । कोहलपुर स्पोर्टस एकेडेमीले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७१ रन बनाउँदै सहज ७ विकेटको जित हासिल गरेको हो ।
युनाइटेडका लागि दिपेन्द्रसिंह ऐरीले ४२ बलमा ८३ रन र अर्जुन साउद ४९ बलमा ६८ रनमा अविजित रहे । बलिङतर्फ कोहलपुर स्पोट्र्स एकेडेमीका लागि दिवन पुनले ३ विकेट लिएका थिए । अन्य बलरहरू भने युभिसिसिका ब्याटरसामु कमजोर सावित भए । उक्त खेलमा युभिसिसिलाई विजयी गराउन महत्त्वपूर्ण ४२ बलमा अविजित ८३ रन बनाएका दिपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
दोस्रो सेमिफाइनल खेलमा ब्राइटल्याण्ड स्कुललाई हराउँदै न्यू होराइजन स्पोर्टस क्लब फाइनल प्रवेश गरेको छ । पहिला टस जितेर ब्याटिङ रोगको ब्राइटल्याण्ड स्कुलले १६.५ ओभरमा अलआउट हुँदै १ सय ६ रन मात्रै बनाएको थियो । टिमका लागि तुल थापाले २२ बलमा सर्वाधिक ४४ रन बनाएका थिए । यस्तै ओपनर बिनोद भडारीले १८ बलमा ३० रन र तृतराज दासले १८ बलमा १३ रन बनाए ।अन्य ब्यटरहरु भने न्यू होराइजनका बलरहरु हाबी हुँदा दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ न्यू होराइजन स्पोर्टस क्लबका लागि प्रिन्स पालले ४ ओभरमा ९ रन मात्रै खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्ल, सुरज खडकाले समान २÷२ विकेट दिए भने बासिर अहमद र एलिसन अधिकारीले समान १÷१ विकेट लिएका थिए । ब्राइटल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको न्यू होराइजन क्रिकेट क्लबले ८.२ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य भेटायो ।
अमर मिश्रको आक्रामक ओपनिङको अर्धशतकमा न्यू होराइजनले ब्राटल्याण्डलाई ६ विकेटे हराएको हो । अमर मिश्रले २२ बलमा ५७ रन, आरिफ खानले १८ बलमा २६ रन बनाएका थिए । यस्तै कमल विष्टले ४ बलमा ८ रन र दिलसद अलिले १ बलमा अविजित ४ रन बनाएका हुन् । बलिङतर्फ ब्राइटल्याण्डका अनमिस शाही, सुनिल शाही,युवराज शर्मा र साहव आलमले समान १÷१ विकेट लिएका थिए ।
अन्य बलरहरु भने धेरै रन खर्चिए पनि विकेटविहीन भए । न्यू होराइजनलाई विजयी गराउन महत्वपूर्ण ३ विकेट लिएका प्रिन्स पाल ‘प्लेयर अफ द म्याच’ घोषित भए । आज हुने फाइनल खेल प्रतियोगिताको विजेता हुने टिमले ४ लाख नगद पुरस्कार र उपविजेता हुने टिमले २ लाख नगद पुरस्कार पाउने छन् ।









प्रतिक्रिया दिनुहोस्