राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सचिवालय बैठकले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । पार्टीको बैठपछि जानकारी दिँदै प्रवक्ता मनिष झाले ४८ महिला र नौ पुरुषको नामावली टुंगो लगाइएको बताए । रास्वपाबाट खासआर्यमा १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको हुनेछन् । तर समानुपातिकबाट साँसद हुनेहरुमा को–को परे भन्ने रास्वपाले खुलाएको छैन ।
सचिवालयले टुंगो लगाएको नामावली निर्वाचन आयोगमा बुझाइने र आयोगले रुजु गरी प्रमाणित गरेपछि मात्रै नाम सार्वजनिक गरिने प्रवक्ता झाले बताएका छन् ।
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्