सुनसरी ।
सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा लगाएको मकै बालीमा रोग किराको प्रकोपको प्रकोप बढेको छ । इनरुवा सहित रामधुनी, हरिनगर, देवानगञ्ज, बर्जु, गढी र भोक्राहा नरसिंह गाउँपालिका लगायतका स्थानमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको इनरुवा–९ बबियाका शिबनारायण यादवले बताए ।
मकै बालीमा रोगकिरा देखिन थालेपछि विषादी छर्न बाध्य भएको उनले बताए । केही गोड्ने बेला र केही गोडिसकेका मकै कीराले खाएर नष्ट गरेपछि विषादी छर्नका लागि बाध्य भएको उनले बताए । नहरमा पानी नभएर समस्यामा परेका किसानलाई मकैमा रोग किराको सङ्क्रमणले झनै चिन्तित बनाएको किसान शम्भु यादवले गुनासो गरे ।
मकै बालीबाट राम्रो आम्दानी लिने सोचका साथी खेती गरेको भए पनि फौजी किराको आक्रमणले सोचे अनुसारको आम्दानी हुने की नहुने चिन्ताले सताएको किसान लक्ष्मण मेहताले बताए ।जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रफलमा मकै खेती भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्